
पोखरा, २९ पुस-
पोखरामा बिहीबार चारपाँग्रे सवारीसाधनलाई बिहीबार पेट्रोल वितरण गरिने भएको छ । जिल्ला आपूर्ती समिति कास्कीको बुधबार बसेको बैठकले चारपाँग्रे निजी तथा सार्वजनिक सवारीसाधनका लागि पेट्रोल वितरण गर्ने निर्णय गरेको हो ।
समितिका अनुसार बिहीबार पोखराका २१ वटा पम्पबाट ९२ हजार लिटर पेट्रोल वितरण हुनेछ । समितिले दुई पाँग्रे सवारीसाधनका लागि कहिले पेट्रोल वितरण हुने भन्ने सूचना सार्वजनिक गरिसकेको छैन । आपूर्ती केही बढेसँगै कास्कीमा सातामा एकपटक निजी तथा सार्वजनिक सवारीसाधनका लागि पेट्रोल दिन थालिएको छ ।
कमेन्ट गर्नुहोस्

