बिग आईकन अन्तरगत विहीबार उत्कृष्ट २० को छनौट !

Share:

रञ्जन अधिकारी पोखरा, २९ पुस । पश्चिमाञ्चलकै नम्बर वान बिग एफएमको आयोजनामा चलिरहेको सामसुङ ग्यालेक्सी जे सेभेन छैटौं बिग आईकनको उत्कृष्ट २० को छनौट भोलि हुँदैछ । आठौं चरणको अडिसन भोलि स्काई टच एण्ड लाउञ्ज बारमा हुनेछ ।

सातौँ चरणको अडिसनदेखि विग आईकनमा ‘पियानो राउण्ड’ शुरु भईसकेको छ । छैठौँ चरणबाट छानिएर आएका उत्कृष्ट ३० प्रतिस्पर्धीहरुले गितार र पियानोको साथमा गीत प्रस्तुत गरे । सोहि प्रक्रियाबाट उत्कृष्ट २५ छानिएका हुन् । यीमध्ये भोलि पाँच जना प्रतिस्पर्धीहरु विग आईकनको दौडबाट बाहिरिनेछन् । अडिसनमा सामसुङ तामाङ, सुनिल थापा, कर्णदास, विनोद बानियाँ र विवेक श्रेष्ठ निर्णायकको भुमिकामा छन् । प्रतिष्पर्धीहरुले प्रतिष्पर्धा अगाडि पियानो र गिटारमा अभ्यास गर्ने मौका समेत पाईरहेका छन् ।

big-icon-seventh-audition

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् । छैटौ संस्करणको बिग आइकनमा टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: