मधेसी मोर्चाले उठाएका अधिकांश माग पूरा गर्न तीन दल सकारात्मक

Share:

काठमाडौं, पुस ३०-
आन्दोलनरत मधेसी मोर्चाले उठाएका अधिकांश माग पूरा गर्न तीन दल सकारात्मक भएका छन् ।

मधेसी मोर्चाका मागका विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठक अधिकांश माग पूरा गर्न सकारात्मक भएको हो ।

बैठकपछि नेताहरुले शुक्रबार दुई पक्षीय कार्यदलको बैठक बस्ने र सहमतिको ड्राफ तयार पार्ने बताएका छन् । बिहीबार बस्ने भनिएको कार्यदलको बैठक पनि आन्तरिक छलफल गर्नुपर्ने भन्दै स्थगित गरिएको छ ।

कार्यदलको बैठक बस्नुअघि दलहरुबीच आन्तरिक छलफल गर्ने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: