बन्द भएको भोलीपल्टै काठमाडौंका फुटसल कोर्ट खोल्ने सहमती

Share:

काठमाडौं, १ माघ-
प्रहरीले बन्द गराएको भोलीपल्टै काठमाडौंका फुटसल कोर्ट खुल्ने भएका छन् । फुटसल व्यवसायीले आफ्नो व्यवसायमा करौडौं खर्च भइसकेको भन्दै चर्को विरोध गरेपछि प्रशासनसँग आज फुटसल कोर्टहरु पुनः सञ्चालनमा ल्याउने सहमती भएको हो ।

व्यवसायी र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यससम्बन्धि १८ बुँदे सहमति भएको छ । स्थानीय प्रशासनले फुटसल कोर्टहरुलाई कानुनी दायरामा ल्याई मर्यादित तवरले सञ्चालन गर्नुपर्ने शर्त राखेको छ । यसमा व्यवसायीहरु सहमत भएका छन् ।

अब काटमाडौंमा सञ्चालित सबै फुटबल कोर्टहरु दुईसाताभित्र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: