राजेन्द्र महतो दिल्लीबाट आज फर्किँदै, आजै प्रधानमन्त्रीलाई भेट्ने

Share:

काठमाडौं, ३ माघ-
उपचारका क्रममा विगत २ सातादेखि भारतको नयाँ दिल्लीमा रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज काठमाडौं आउने भएका छन्। उनी दिल्लीबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
विराटनगरस्थित रानी भन्सार नाका अबरोधका क्रममा महतो घाईते भएपछि उपचारका लागि भारत गएका थिए ।
उनी आज दिउँसो दिल्लीबाट काठमाडौं आउनेछन् र साँझ प्रधानमन्त्री ओलीसँग वार्ताको तयारी गरिएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा महतोले मधेसी मोर्चाले उठाएका ११ बुँदे मागबारे कुरा उठाउने महासचिव मनिष सुमनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: