प्रमुख तीन दल र मोर्चाबीच आजपनि छलफल हुँदै

Share:

काठमाडौं, ३ माघ-
विवादित बिषयमा सहमती जुटाउन प्रमुख तीन दल र मधेसी मोर्चाबीच आजपनि छलफल हुँदैछ ।
दुवैपक्षको कार्यदलस्तरमा आज बिशेषगरी सीमांकनको विवाद टुंग्याउने बिषयमा छलफल हुनेछ ।
दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक मधेसी मोर्चाले उठाएका ११ बुँदे माग सम्बोधन गर्ने बिषयमा केन्द्रीत हुनेछ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् कार्यदल सदस्य महेश आचार्यका अनुसार हिजो भएको छलफलमा आन्दोलनरत मधेसी मोर्चा उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेश सीमाकंन टुंग्याउन सहमत भएपनि मोर्चाले भने प्रष्ट कार्यविधि बनाउनु पर्नेमा जोड दिँदै आएको छ ।
आजको बैठकमा सद्भावना पार्टी पनि सहभागि हुने भएको छ । यसअघि जोगवनी नाकामा अध्यक्ष राजेन्द्र महतोमाथि भएको घटनाबारे सरकारले माफी नमागेसम्म बैठकमा सहभागी नहुने बताउँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: