सरकारको सय दिन पुरा

Share:

काठमाण्डौं,५ माघ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका एक सय दिन पूरा भएको छ । नाकाबन्दी र आन्दोलनकाबीचमा गठन भएको सरकारले सय दिन गरेको कामको समिक्षा सुरु भएको छ ।
सरकार सहभागि दलभित्र र बाहिर सरकारको कामको मुल्याङ्क भएको छ । एमाले अध्यक्ष ओलीको अध्यक्षतामा गत असोज २४ गते नयाँ सरकार गठन भएको थियो सरकारले यही बीचमा पुनःनिर्माण महाअभियानको काम सुरु गरेको छ ।
नागरिकलाई सेवा दिने भन्दा बढी समय आन्दोलन समाधान गरेर नाकाबन्दी सहज बनाउनेमा सरकारले समय खर्च गरेकाले अपेक्षाअनुसार काम गर्न नसेकेको सरकारले जनाएको छ ।
सरकार प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अपेक्षाअनुसार काम गर्न नसकेको तर केही महत्वपूर्ण निर्णय गरेको बताउनुभयो । आज सरकारले सय दिनको समिक्षा सहित केही कामको विवरण जानकारी गराउने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: