
पोखरा, ५ माघ-
बिग आईकनको यो सिजन अन्तरगत उत्कृष्ट १२ जना प्रतिस्पर्धीहरु छनौट भएका छन् । मंगलबार उत्कृष्ट १५ प्रतिस्पर्धीहरुबीच भएको प्रतिस्पर्धाबाट ३ जना प्रतिस्पर्धी बाहिरिएपछि बिग आईकनमा १२ जना प्रतिस्पर्धीहरु बचेका हुन् ।
मंगलबार भएको अडिसनबाट मृगेन्द्रमान कर्माचार्य, कुशल पोख्रेल र सञ्जय सुनार बाहिरिएको आयोजक बिग एफएमले जनाएको छ । आगामी अडिसन बिहीबार न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा हुने उसले बताएको छ । प्रतियोगिता अन्तरगत बिग आईकनको यो सिजनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए ।
आईतबार भएको उत्कृष्ट १२ प्रतिस्पर्धी छनौट चरणमा गायक विवेक श्रेष्ठ र संगीतकार सुनिल थापा निर्णायकको रुपमा रहेका थिए । निर्णायकहरुका अनुसार प्रतियोगिता अगाडि बढ्दै जाँदा प्रतिस्पर्धीहरुबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ । यो पटक सबैजना निकै प्रतिभावान प्रतियोगी भएका कारण अगाडिका चरणमा प्रतिस्पर्धा अझै कडा हुने निश्चित रहेको निर्णायकहरुले बताएका छन् । विग आईकनको यो सिजनमा यी दुई निर्णायकसँगै श्यामसुङ तामाङ, कर्ण दास र गायक बिनोद बानियाँ पनि निर्णायकको रुपमा रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
