आहारारा गोल्डकपमा आज एपिएफ र गोर्खा ब्रिगेडबीच प्रतिस्पर्धा हुँदै

Share:

पोखरा ६ माघ-
पोखरामा हिजोदेखि सुरु भएको भएको १४ औं आहा रारा गोल्डकप प्रतियोगिता अन्तर्गत आजको दोश्रो खेलमा विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ र ईन्डियन आर्मी गोर्खा ब्रिगेडबीच प्रतिस्पर्धा हुँदैछ ।
एघारौं आहा रारा गोल्डकपमा क्वाटरफाईनलबाटै बाहिरिएको गोर्खा ब्रिगेडले आज छैठौ संस्करणको उपविजेता टिम एपिएफसँग खेल्न लागेको हो ।
आजको बिजेता टीमले अन्तिम चारको लागि माघ १० गते लक्ष्मी हुण्डाई मनाङमस्र्याङदीको सामना गर्नेछ ।
खेल दिउसो दुई बजेपछि पोखरा रंगशालामा सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नवजनजागृति सिमरालाई ३—० ले हराउँदै आयोजक सहारा क्लब अन्तिम आठमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको फाईनल खेल माघ १६ गते हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, आयोजक र तीन विदेशी सहित १२ टिमको सहभागिता छ ।

कमेन्ट गर्नुहोस्
Share: