प्रमुख दलहरुले मोर्चासँग शिर्ष तहमै वार्ता गर्ने

Share:

काठमाडौँ, ६ माघ-
राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुले मधेसी मोर्चासँग शीर्षस्तरमै वार्ता गर्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षदलसहित सत्तारुढ दलको आज बालुवाटारमा भएको बैठकमा बिहीबार बिहान ९ बजे मधेसी मोर्चालाई वार्तामा बोलाएर शीर्षस्तरबाट राजनीतिक गतिरोध अन्त्यका लागि बैठक बेलाएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

आजको बैठकमा संविधान संशोधनमा जति प्रस्ताव पेस भएका छन् त्यसैबाट सहमति खोज्ने र यदी सहमति नभए तीन दलको कार्यदलले संविधानमा परिमार्जन र संशोधन गर्न गृहकार्य गर्नेसमेत उपसभापति पौडेलले जानकारी दिए ।

बैठकमा नेकपा (एमाले) बाट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति पौडेल, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का प्रमुख सचेतक दीलनाथ गिरी थिए ।

कमेन्ट गर्नुहोस्
Share: