पोखराको डेभिडफलमाथी बन्ने भयो झोलुंगे पुल

Share:

पोखरा, ७ माघ-
पोखरा उपमहानगरपालिका–१७ छोरेपाटनस्थित फेवाखोलामा रु १६ लाख २६ हजारको लागतमा डेभिडफल झोलुङ्गे पुल बन्ने भएको छ ।

गुप्तेश्वर बहुमुखी क्याम्पसको प्राङ्गणलाई समेत जोड्ने गरी निर्माण गर्न लागिएको पुलको एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाले शिलान्यास गरे ।
उपकुलपति खनियाले नवनिर्मित पुल यस क्षेत्रका सर्वसाधारणका लागि अत्यन्त उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

पर्यटकीयस्थल डेभिडफल नजिकै निर्माण गर्न लागिएको पुलबाट यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण सहयोग पुग्नुका साथै २२८ घरका एक हजार १३७ जना प्रत्यक्ष लाभान्वित हुने गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष तिलक आचार्यले जानकारी दिए ।
कार्यक्रममा क्याम्पसका प्राचार्य घनश्याम तिवारीले आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सो पुल निर्माणसँगै स्थानीयवासीका र यस क्षेत्रका विद्यार्थीलाई क्याम्पस आवतजावत गर्न सहयोग पुग्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: