
काठमाडौं, ७ माघ-
संगीतकार रत्नबहादुर खड्गीको दुःखद निधन भएको छ । ७९ बर्षीय खड्गीको उपचारका क्रममा काठमाडौंको ब्लुक्रस अस्पतालमा आज बिहान निधन भएको हो ।
खड्गीमा फोक्सोको क्यान्सरको समस्या थियो । खोकीमा रगत देखापरेपछि खड्गी केही दिनअघि अस्पताल भर्ना भएका थिए ।
खड्कीका कर्मको रेखा नमेट्दो रैछ, एक्लै बस्दा, सिरानीले बिझायो कि, मेरो माया छ भने लगायतका गीत चर्चित छन् ।
उनले अहिलेसम्म हजारौं गीतमा संगीत भरेका छन् भने सयभन्दा बढी गीत गाएका छन् । उनको शव श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने पारिवारिक श्रोतले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
