दुर्घटनामा परी बाबुको अघिल्लो दिन मृत्यु, छोराको भोलीपल्ट

Share:

तनहुँ, ७ माघ-
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ५५ ०२ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते भएका भरतपुर नगरपालिका–६ निवासी ३७ वर्षीय सुजन खनालको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ पृथ्वी राजमार्गको बन्दीपुर नगरपालिका–४ ठूल्ढुङा भन्ने स्थानमा विपरीत दिशामा गुडिरहेको ना २५ प ९१ ६९ नं को मोटरसाइकललाई उक्त माइक्रोबसले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार सुजनका ६० वर्षीय बुबा बद्रीको उपचारका क्रममा हिजै डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: