
काठमाडौं, ७ माघ-
मुख्य तीन दल र मधेशी मोर्चाबीच आज भएको वार्ता विना निश्कर्ष सकिएको छ ।
संविधान संशोधनको विषयमा आज टुंगोमा पुग्नेगरी छलफल गर्ने भनिएपनि कुरा नमिलेपछि बैठक यत्तिकै सकिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठकमा कुरा नमिलेपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आक्रोशित मुद्रामा बाहिरिएका थिए ।
उनले आफूहरुका समस्या समाधानका लागि सरकार गम्भिर नभएको र यो सरकारले देशमा देखिएका कुनैपनि समस्याको समाधान गर्न नसक्ने बताए ।
आजको बैठकले मधेशी मोर्चालाई सहमतिमा ल्याएर संविधान संशोधन विधेयक पारित गर्ने अपेक्षा गरिएको थियो । तर बैठकमा
सहमती र्नै जुट्न सकेन । यसअघि प्रमुख दलहरुबीच माघ ९ गतेसम्म मोर्चासँग सहमति नभएपनि विधेयक पारित गर्ने सहमती भैसकेको छ ।
