तेइस बर्षपछि नेपाललाई उपाधि, बहराइन ३-० ले पराजित

Share:

पोखरा, ८ माघ-
नेपालले २३ बर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप अन्तर्गत आज भएको फाईनल खेलमा बहराईनलाई ३-० ले पराजित गर्दै निकै लामो समयदेखि उपाधि विहीन नेपालले खडेरी तोडेको छ ।

नेपालले बहराईनको २३ वर्ष मुनिको टोलीलाई पराजित गरेको हो । नेपाललाई उपाधि जिताउन विमल घर्ती मगरले खेलको चौंथो, विशाल राले ६७ औं र नवयुग श्रेष्ठले इन्जुरी समयमा गोल गरे ।

नेपालले यसअघि सन् १९९३ मा भएको दक्षिण एशियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको थियो । उपाधिसँगै नेपालले ५४ लाख २० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरेको छ । उपविजेता टिम बहराइनले भने २७ लाख १० हजार रुपैयाँ मात्र पायो ।

कमेन्ट गर्नुहोस्
Share: