
काठमाडौं, माघ १६-
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत केही जिल्लाबाहेक सबैजसो जिल्लाको स्थानीय तहको गाउँ र नगरपालिकामा अधिवेशन सम्पन्न भएका छन् ।
चार वटा जिल्लाबाहेक ७१ जिल्लामा हिजो गाविस र नगर अधिवेशन भएको हो । हिमाली जिल्ला सोलुखुम्बुमा हिमपात र तराईका बारा, पर्सा र धनुषामा मधेसी मोर्चाको अवरोधका कारण रोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
अरु केही जिल्लाका छिटफुट बाँकी रहेका गाउँ र नगरपालिकामा भने आज नेतृत्व चयन हुँदैछ । देशभरका झण्डै चार लाख ७० हजार क्रियाशिल सदस्यले गाविस र नगर अधिवेशनमा भाग लिएको यस महाधिवेशनमा तल्लो तहसम्मै केन्द्रीय राजनीतिको गूटगत विभाजनको रेखा देखिएको छ ।
कमेन्ट गर्नुहोस्
