
पोखरा, १८ माघ-
गत माघ १५ गतेदेखि पोखरामा आयोजित पाँचौ ‘नेपाल लिटरेचर फेस्टिवल’ सोमबारदेखि सकिएको छ ।
बुक वर्म फाउन्डेसनको आयोजना र र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको सहआयोजनामा भएको चारदिने महोत्सवमा ३२ ओटा सत्रमा एक सय भन्दाबढी साहित्यकार, विचारक, विश्लेषक र कलाकारले सहभागिता जनाएका थिए ।
महोत्सवमा भिन्न–भिन्न विषयमा भिन्दा–भिन्दै लेखक, कलाकार, राजनीतिज्ञ र साहित्यकारहरुले बहस गरेका थिए ।
राजधानीबाहिर पहिलोपटक आयोजना गरिएको साहित्य महोत्सवमा नयाँ शक्तिका अभियन्ता डा. बाबुराम भट्टराई, युवा नेताहरु गगन थापा, योगेश भट्टराई, रविन्द्र अधिकारीदेखि चर्चित नेपाली र भारतीय लेखकहरु तथा नयाँ र पुराना पुस्ताका कलाकारहरुबीच कुराकानीसमेत भएको थियो ।
कमेन्ट गर्नुहोस्
