सशस्त्रका निलम्बित महानिरीक्षक वन्तसहित ११ विरुद्ध मुद्दा

Share:

काठमाडौं, माघ १८-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका निलम्बित महानिरीक्षक कोषराज वन्तसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरीका लागि सामान खरिद गर्दा ६ करोड ७९ लाख ४१ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको दाबीसहितको मुद्दा अख्तियारले सोमबार दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरुमा वन्तसहित डीआइजी अरविन्द धिताल, एसपी जगतनारायण श्रेष्ठ, डीएसपी आनन्द थापामगर, लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापा रहेका छन् ।

यस्तै, सहस्त्र प्रहरीका नायव निरीक्षक नीलबहादुर श्रेष्ठ, लेखबहादुर खत्री, देबेन्द्रकुमार श्रेष्ठ र जवान मिलन अधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

त्यसैगरी, सशस्त्र प्रहरीका लागि सामान ढुवानी गर्ने सदाज्योती र अदिती ट्रान्सपोर्ट कम्पनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

वन्तले सशस्त्र प्रहरी बलका लागि सामग्री ढुवानी गर्नेक्रममा नक्कली कम्पनी खडा गरी अनियमितता गरेको आरोप अख्तियारले लगाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: