
मुगु,१९ माघ।
मुगु सदरमुकाम गमगढीमा रहेको जिल्ला सबैभन्दा ठुलो बिद्यालय महाकाली नमुना उच्च माध्यामिक विद्यालयको शैक्षिक विकासका लागि हुने भनिएको मुगु गमगढी धार्मिक महोत्सव स्थगित भएको छ ।
महोत्सव तयारीका समयमा हिमपातका कारण बाटो अवरुद्ध भएपछि र अन्य आवश्यक तयारी गर्न नसकेकाले महोत्सव स्थगित गरिएको महोत्सव मुल आयोजक समितीका महासचिव देव बहादुर मल्लले जानकारी दिए ।
महोत्सव यहि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने भनिएको थियो ।
कमेन्ट गर्नुहोस्
