
काठमाण्डौं,१९ माघ।
केन्द्रीय राहदानी विभागले अनलाइन सेवामार्फत प्रि–इन्रोलमेन्ट (नाम दर्ता) सेवा सुरु गर्ने भएको छ ।
सेवाग्राहीले अनलाइनमार्फत आफ्नो सम्पूर्ण विवरण भरेर बुझाउन पाउने गरी आगामी १५ दिनभित्र सो सेवा सुरु गर्न लागिएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए ।
अनलाइनमार्फत फारम भर्दा बारकोड र नम्बर दिने र त्यो नम्बर लिएर विभागमा गएपछि राहदानी प्रक्रिया सुरु हुनेछ ।
यो प्रविधिले सेवाग्राहीले भरेको फाराम कम्प्युटरमार्फत बुझाएपछि कुनै त्रुटि भए तत्काल खबर गरिदिने हुँदा प्राविधिक त्रुटि र झन्झट हट्ने विभागले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
