
अमेरिका,२० माघ।
अमेरिकामा एक जना पुरुषमा जिका भाइरसको संक्रमण फेला परेको छ । ती व्यक्तिलाई यौन सम्पर्कबाट संक्रमण फैलिएकाले यसलाई दुर्लभ घटना मानिएको वीवीसीले लेखेको छ । जिका भाइरस लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसीले टेक्सासको डालसका एक व्यक्तिमा जिका भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमित व्यक्ति जिका भाइरस संक्रमण फैलिएको क्षेत्रमा नभएको तर यौन साथी संक्रमण फैलिएको जनाइएको छ ।
जिका भाइरस विशेष गरी एडिस एजिप्टाइल जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो भाइरसका कारण बालबालिकाको मस्तिष्कमा असर पर्ने गर्दैछ ।
कमेन्ट गर्नुहोस्
