माइभ्याली गोल्डकपमा पहिलो सेमिफाइनल, झापा–११ र रूपन्देही–११ भिड्ने

Share:

झापा,२० माघ।
माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा झापा–११ र रूपन्देही–११ भिड्ने छन् । विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । इलाममा जारी खेल दिउँसो हुनेछ ।
मंगलवारको खेल जित्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीेले मंगलवार शेर फुटबल क्लब, कालिङ्पोङ भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
सेमिफाइनलमा आर्मीको भिडन्त सशस्त्र प्रहरीको टिमसँग विहिवार हुनेछ ।
माघ २३ गतेसम्म हुने प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनसहित भारतका गरी १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले साढे ३ लाख र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: