
काठमाडौं, माघ २० / मंगलबार उकालो लागेको सुनको भाउ आज थप माथि चढेको छ । आज २ सयले बढेर छापावाल सुनको भाउ ५१ हजार ७ सय रुपियाँ पुगेको छ ।
साताको पहिलो दिन आइतबार ५१ हजार २ सय रुपियाँ प्रतितोला कारोबार भएको सुनको मूल्य सोमबार स्थिर थियो । मंगलबार भने ३ सयले बढेर ५१ हजार ५ सय रुपियाँ प्रतितोला कायम भएको थियो ।
त्यसैगरी बुधबार तेजाबी सुन ५१ हजार ४ सय ५० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । चाँदी भने शुक्रबारदेखि नै स्थिर दरमा कारोबार भइरहेको छ । चाँदीको प्रतितोला ६ सय ९० रुपियाँ मूल्य तोकिएको छ । गत बिहीबार भने चाँदीको मूल्य प्रतितोला ६ सय ९५ रुपियाँ थियो ।
कमेन्ट गर्नुहोस्
