रेम बिक पोखरा, २२ माघ । छैठौँ सँस्करणको विग आइकन उत्कृष्ट ६ राउण्डमा आईपुगेको छ । उत्कृष्ट ७ प्रतिस्पर्धी मध्ये शुक्रबार भएको अडिसनमा कमल केसी बाहिरिएपछि विग आइकन बन्ने दौडमा ६ जना मात्रै बचेका हुन् । शुक्रबार नै उनीहरुले उत्कृष्ट पाँच राउण्डका लागि प्रस्तुती दिए ।
उपाधीको दौडमा अब प्रमिला बराल, अनु गुरुङ, अम्बिका पुन, साजन आले, सृष्टि गुरुङ र सौगात गुरुङ रहेका छन् । उत्कृष्ट ६ प्रतिस्पर्धीहरुमध्ये शुक्रबार हुने अर्को चरणको अडिसनमा एक जना बाहिरिने एफएमले जनाएको छ । प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन स्रोताहरुले समेत भोट गर्न सक्ने एफएमले जनाएको छ ।
प्रमिला बराललाई भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गई BIG space PB, अनु गुरुङलाई भोट गर्न BIG space AG, अम्बिका पुनलाई भोट गर्न BIG space AP, साजन आलेलाई भोट गर्न BIG space SA, सृष्टि गुरुङलाई भोट गर्न BIG space SH र सौगात गुरुङलाई भोट गर्न BIG space SG टाईप गरि ४३२१ मा पठाउनुपर्ने एफएमले जनाएको छ ।
एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।
विग आइकनमा शुक्रबार पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको पनि विशेष उपस्थिती रह्यो । उनले उत्कृष्ट ६ प्रतिस्पर्धीहरुको प्रस्तुती हेरिसकेपछि सबैलाई सफलताको शुभकामना दिए । साथै उनले पोखरालाई संगीतको शहर बनाउन विग एफएमले गरिरहेको ब्राण्डिङ अतुलनीय भएको भन्दै सम्पूर्ण नगरबासीले विग एफएमको कार्यप्रति सदा साथ दिने उनले प्रतिबद्धता समेत जनाए ।
यस्तै पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटले पनि विग आइकन जस्तो मञ्च खडा गरिदिएर विग एफएमले साँगीतिक प्रतिभाहरुको लागि ठुलो गुण लगाएको बताए । पोखरालाई साँस्कृतिक शहरको रुपमा विकास गर्न विग आइकनले पनि महत्वपुर्ण योगदान दिएको उनले बताए । साथै उनले पनि विग आइकनका प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिएका थिए ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैटौ संस्करणको बिग आइकनमा टाइटल स्पोन्सरको रुपमा सामसुङ मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
