
वीरगञ्ज,२४ माघ।
बीरगञ्ज नाका खुलेसँगै मालवाहक सवारी साधान निर्वाध रुपमा भित्रीन थालेका छन् । शुक्रबारदेखि आईतवार बिहानसम्म २ सय ३० भन्दा बढी मालवाहक गाडी भित्रीएका छन् । ४ करोड भन्दा बढी राजस्व पनि संकलन भएको छ ।
ग्याँस बुलेट र ईन्धनका गाडीको संख्या पनि बढीरहेको भन्सार कार्यालय बिरगन्जका सुचना अधिकारी सुशील शर्माले जानकारी दिए । नेपालबाट ढुवानीका लागि इन्धनका ट्याङ्कर भारत जाने क्रम पनि जारी रहेको छ । नेपाल आयल निगमले भोलिदेखि तेल ढुवानी थप बढाउने बताएको छ ।
आज भारतको सार्वजनिक विदा परेकाले तेल भर्न नसकिने र भोलिदेखि तेलको आपूर्ती पहिलेको अवस्थामा ल्याउने तयारी भइरहेको निगमका निर्देशक दीपक बरालले जानकारी दिए । शनिवार वीरगञ्ज–रक्सौल नाका फेरि बन्द गराउन मधेसी मोर्चाका नेता कार्यकर्ता मितेरी पुलमा पुगे पनि आईतवार विहान कोही देखिएका छैनन ।
