
काठमाण्डौं,२४ माघ।
१२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत आईतवार नेपालले फुटबलमा प्रतिस्पर्धा गर्दैछ । भूटान विरुद्धको खेलबाट नेपालले सागमा फुटबलको यात्रा सुरु गर्नेछ । भारतको गुहावटी स्थित नेहरु रंगशालामा हुने खेलमा नेपालले सजिलै खेल जित्ने लक्ष्य लिएको छ ।
यसअघि पनि भूटान विरुद्धको खेलमा नेपाल हावी हुने गरेको थियो । शनिवार नेपालले तीन वटा पदक प्राप्त गरेको छ । भारत्तोलनमा नेपालका विकास थापाले रजत पदक जितेका छन् । उनले ६२ केजी तौल समूहमा रजत पदक जिते । ५४ केजी तौल समूहमा देवीकुमारी चौधरीले कास्य पदक जिते ।
अहिलेसम्म १३ स्वर्ण, चार रजतसहित भारत पहिलो स्थानमा, तीन स्वर्ण, नौं रजत सात कास्यसहित श्रीलंका दोस्रो र एक स्वर्ण दुई रजत र दुई कास्यसहित पाकिस्तान तेस्रो स्थानमा छ ।
