
श्यामशीत्तल
लमजुंग, २४ माघ-
नेपाली काँग्रेसको देशभर एकैसाथ भएको क्षेत्रीय निर्वाचन नतिजा सार्वजनिक भईसकेको छ । देशभर निर्वाचित क्षेत्रीय सभापति मध्ये मुलुककै कान्छो क्षेत्रीय सभापतिमा लमजुङ क्षेत्र नं. २ का सभापति बृषराज गुरुङ भएका छन् । भर्खरै ३० बर्ष पुगेका उनी देशभरका क्षेत्रीय सभापतिको मध्ये सबैभन्दा कान्छो क्षेत्रीय सभापतिमा भएका हुन् । नेपाल बिद्यार्थी संघको राजनीतिमा मार्फत चर्चा शिखरको पुगेका उनी बाह्रौं महाधिबेशनमा समेत क्षेत्रीय सभापतिको निकटतम प्रत्यासी थिए । झिनो मतअन्तरले अघिल्लो निर्वाचनमा उनी पराजीत भएका थिए । कांग्रेसको तेह्रौं महाधिबेशनमा भने उनको पक्षमा धेरै मत खस्यो ।
क्षेत्रीय सभापतिमा निर्वाचन जितेपछि गाउँवासीले भब्य सम्मान गरेका छन् । पुरानोकोट घर भई बेसीशहर बस्दै आएका पुरानाकोटवासीले मुलुककै कान्छो क्षेत्रीय सभापति गुरुङलाई सम्मान गरेका हुन् । पुरानोकोट जलदेबी आमा समुहले मुलुककै पुरानो एवम ठुलो पार्टी काँग्रेसको क्षेत्रीय सभापति पदमा पुरानोकोटबाट पहिलो पटक निर्वाचित भएको भन्दै सम्मान गरेका हुन । नबनिर्वाचित महाधिबेशन प्रतिनिधि गमप्रसाद गुरुङ, भिमबहादुर दुरा, क्षेत्रीय सचिब गणेश गौलीलाई समेत पुरानोकोटवासीले सम्मान गरे । कुशल नेतृत्वकला, वाककलाका धनी सभापति गुरुङका नेतृत्वको समितिले नेपाली काँग्रेस क्षेत्र नं. २ लाई व्यवस्थित र क्रियाशील वनाउनेमा पार्टी समर्थितले आशा लिएका छन् ।
