पोखरा २४ कृस्ती उपशाखाको साधारण सभा

Share:

माघ, २३ पोखरा-
नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तरगत गठित नेपाल रेडक्रस सोसाइटी पोखरा २४ कृस्ती उपशाखाको साधारण सभा कृस्तीमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य मंगलबहादुर नेपालीले रेडक्रसका सात सिद्धान्त र मानवीय सेवा कार्यलाई आत्मसात गरेकोमा उपशाखालाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनहरुमा पनि मानवीय सेवा कार्य संचालनमा थप सहयोग प्रदान गर्न अनुरोध गरे ।
साधारण सभामा गत बर्षको आय व्यय विवरण र आगामी बर्षको लागि प्रस्तावित आय व्यय विवरण उपशाखाका कोषाध्यक्ष गिता थापाले प्रस्तुत गर्नुभएको थियो । यसै गरी गतबर्षको प्रगति प्रतिवेदन र आगामी बर्षमा गरिने कार्यक्रमको विवरण उपशाखाका सचिव बद्रीनाथ सुवेदीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस कृस्तीका सचिव चेतबहादुर कार्की, एमाओवादीका प्रतिनिधी शशिधर सुवेदी, ने.क.पा. एमालेका प्रतिनिधि लगायतले रेडक्रसले गरेका कार्यबारे बोलेका थिए ।
सोहि अवसरमा ५ जना आजिवन सदस्यहरु अम्बीका सुवेदी, पुर्णबहादुर थापा, शशिधर सुवेदी र दिपक प्रसाद सुवेदीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: