
धनुषा, माघ २४-
धनुषा बालाबाखर–४ का कांग्रेस नेता राजेन्द्र यादवको हत्याको अनुसन्धान सिआइवीले गर्ने भएको छ ।
घटनाको अनुसन्धान गर्न आज सिआइवीको अनुसन्धान टोली धनुषा पुगेको छ । स्थानिय प्रहरीले अनुसन्धान गरिरहे पनि घटनाको प्रकृति गम्भीर देखिएकाले अनुसन्धानको जिम्मा सिआइवीले लिएको जनाएको हो ।
स्थानीय कांग्रेस नेता यादवको शुक्रबार राति अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो भने शनिबार अज्ञात समूहले हानेको गोली लागेर कांग्रेस नेता नसिव राईन घाइते भएका थिए ।
गोली प्रहार गर्ने समूहको पहिचान नभएपनि हत्याको जिम्मेवारी भने ससस्त्र समूह जनतान्त्रीक टाइगर जनशक्ति पार्टीका शैन्य कमाण्डर पृथ्वी सिंहले जिम्मा लिएको छ ।
कमेन्ट गर्नुहोस्
