साग महिला फुटबलः माल्दिभ्समाथि नेपालको सहज जीत

Share:

काठमाडौं, २४ माघ-
भारतको सिलोङमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत भएको महिला फुटबलको दोस्रो खेलमा नेपाली चेलीहरुले माल्दिभ्सलाई २–० ले पराजित गरेका छन् ।

पहिलो खेलमा बंगलादेशलाई पराजित गर्न सफल नेपाली चेलीको टिमले दोस्रो खेलमा पनि माल्दिभ्समाथि सहज जित निकाल्न सफल भएको हो ।

नेपालको लगातार जितका लागि सिलोङको जवहारलाल नेहरु स्टेडियमा भएको खेलको ३५ औं मिनेटमा अनु लामाले खाता खोलेकी थिइन् ।
पहिलो हाफ १–० मा टुंग्याएको नेपाली चेलीको टिमले दोस्रो हाफमा अर्को गोल थप्यो । खेलको ८८ औं मिनेटमा निरु थापाले अर्को गोल थप्न सफल भइन् ।

पहिलो खेलमा बंगालदेशलाई ३–० ले हराएको नेपालले माल्दिभ्सलाई पनि हराएपछि ६ अंकसहित समूहको शीर्षस्थानमा उक्लेको छ ।

नेपालले समूहको तेस्रो खेल चिरप्रतिद्वन्द्वी भारतसँग आगामी बिहीबार खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: