सञ्चारमाध्यमहरुले नेपाली भाषा बिगारेको प्रधानमन्त्री ओलीको आरोप

Share:

काठमाडौं, २४ माघ-
प्रधानमन्त्री केपी शर्मा ओलीले संचार माध्यमहरुले नेपाली भाषालाई विगार्ने प्रयास आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा संचार माध्यमहरुले मर्यादा र सभ्यतालाई पूरै उपेक्षा गरी भाषाको जथाभावी प्रयोग गरेको आरोप लगाएका हुन् ।
उनले खासगरी सबै व्यक्तिलाई तिमी भनेर सम्बोधन गरिएकाप्रति असन्तुष्टि जनाए । उनले नेपाली भाषा अंग्रेजीजस्तो नभएको भन्दै संचार माध्यमले मर्यादालाई बेवास्ता गरी सबैलाई तिमी भनेर सम्बोधन गर्नुको कारण आफूले बुझ्न नसकेको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोगलाई शाखा खोल्ने कुरा नगर्न आग्रह गरे । उनले प्रदेशको सीमांकन हेरफेर गर्नुपर्ने अवस्था रहेको र कुन प्रदेशको राजधानी कहाँ रहन्छ भन्ने टुंगो लाग्न बाँकी रहेकाले शाखा खोल्ने कुरामा ध्यान नदिन आयोगका आयुक्तहरुलाई आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: