भारतीय भूपू कल्याणकारी खानेपानीको साधारण सभा

Share:

लेखनाथ, २४ माघ-
लेखनाथ नगरपालिका वडा नं. १ का उपभोक्ताहरुलाई खानेपानीको ब्यवस्था मिलाउदै आएको भारतीय भूपू कल्याणकारी खानेपानी योजनाको १८ औ बार्षिक साधारण सभा भएको छ ।
सस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव श्रीभद्र भण्डारीले वार्षिक प्रतिबेदन सहित भावी योजनाका बारेमा जानकारी गराएका थिए भने कोषाध्यक्ष सुवेदार नारायण शिह गुरुङले आर्थीक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सस्थाका उपाध्यक्ष क्याप्टेन सुर्यबहादुर गुूरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा धन्यवाद ज्ञापन सह सचिव ऋषिराम भण्डारीले गरेका थिए ।
यो योजनाबाट लेखनाथ नगरपालिकाको बडा नं १ अन्तरगत भण्डारढिक र सैनिक वस्तीका करिब पाँच सय ५० घर धुरीका दुई हजार पाँच सय उपभोक्ताहरु लाभान्वित हुदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: