उत्तर कोरियाद्धारा लामो दूरीको रकेट प्रक्षेपण, रसियाद्धारा निन्दा

Share:

मस्को, २४ माघ-
उत्तर कोरियाले आइतबार गरेको लामोदुरीको रकेट, भूउपग्रह प्रक्षेपणको रसियाले पनि निन्दा गरेको छ ।

सो प्रक्षेपणबाट प्योङ्गयाङ्गसहित क्षेत्रीय सुरक्षामासमेत खतरा हुने रसियाले बताएको छ । रकेट परीक्षण सफलतापूर्वक सम्पन्न भएको उत्तर कोरियाले आइतबार जानकारी दिएको हो ।

यस रकेट प्रक्षेपणले संयुक्त राष्ट्र संघको कैयौ प्रस्तावको उलङ्घन गरेको भन्दै यस विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आइतबार नै न्युयोर्कमा बस्ने बताइएको छ । एएफपी

कमेन्ट गर्नुहोस्
Share: