नेहाको हत्यारालाई १ बजे सार्वजनिक गरिने

Share:

माघ २५, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नेहा पुनको हत्यारालाई पक्राउ गरेको छ । प्रहरी श्रोतका अनुसार न्यारोडका सतीश खड्गीलाई हत्या अभियोगमा पक्राउ गरिएको हो । सतीशले १८ गते राति नेहाको हत्या गरेको प्रहरी बयानका क्रममा स्वीकारेका छन् ।

उनलाई आजै दिउसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए । ‘यसबारे विस्तृत विवरण पत्रकार सम्मेलनमा नै दिनेछौं’ उनले भने ।

१९ वर्षीया नेहाको हत्या लगत्तै कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्वी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाई प्रहरीले हत्याराको खोजी गरेको थियो ।

गत सोमबार बिहान घरबाट काममा निस्केकी १९ बर्षिया नेहाको शव भोलिपल्ट बिहान मंगलवार घर नजिकै भेटिएको थियो । साँझ कामवाट घर आईपुग्ने नेहा सोमबार अबेरसम्म नआएपछि रातभर उनका परिवारले नेहाको खोजी गरेका थिए ।

विहान घुमफिर गर्न निस्केका छिमेकीहरुले कालो कपडाले ढाकेको शव देखेर हल्ला गरेपछि नेहाका आफन्त घटनास्थलमा पुग्दा छाँगोवाट खसेजस्तै भएका थिए । पछि प्रहरी आएर हेर्दा शव अर्धनग्न अवस्थामा र टाउको पछाडि रगताम्मे गम्भिर चोट देखिएको थियो ।

नेहाले केही बर्ष पहिला बनेको मगर भाषाको चलचित्र ‘गाउला’ मा सहनायिका र अर्को चलचित्रमा ‘यूँपा’ की नायिकाको भूमिका निर्वाह गरेकी थिइन ।
मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा कार्यरत थिईन् ।

कमेन्ट गर्नुहोस्
Share: