प्लाष्टिकजन्य फोहोर न्यूनिकरणका लागि सुन्दरबजार नगरपालिकाले सुईरो अभियान चलायो

Share:

श्यामशीत्तल
लमजुङ, २५ माघ-
प्लाष्टिक जन्य फोहोर न्यूनिकरणका लागि सुन्दरवजार नगरपालिका कार्यालयले सुईरो अभियान शुरु गरेको छ । ‘‘फोहोर व्यवस्थापन नगरपालिकाको मुख्य समस्या बनेको छ ।” नगरपालिकाका कार्यकारी अधिकृत सुकवेद लम्सालले विग न्युजसंग भन्नुभयो, ‘‘यो अभिायनले प्लाष्किजन्य फोहोरको न्युनिकरण हुनेमा म विश्वस्त छु ।”
नगरपालिकाको कार्यालयवाट आईतवार यो अभियान शुरु गरिएको हो । सुन्दरवजार नगरपालिकामा रहेका प्रत्येक घरधुरीलाई दुईवटा सुईदो निःशुल्क प्रदान गरिने कार्यालयले जनाएको छ । नगरपालिकामा ५ हजार ५ सय १२ भन्दा वढि घरधुरी रहेका छन ।
‘‘सुईरो अंग्रेजी अक्षर ‘‘जे” आकारको हुन्छ” कार्यकारी अधिकृत लम्सालले भन्नुभयो, ‘‘प्लाष्टिकजन्य फोहोरहरु सुईरोमा उनेर राख्ने, संकलित एक केजी प्लाष्टिकको रु ४० का दरले किन्ने व्यवस्था गरेका छौ । यसलाई नुमना कार्यक्रमको रुपमा अगाडि वढाउने योजनामा छौ ।”
‘‘वढि मात्रामा फोहोर वजारी क्षेत्रवाट निस्कन्छ”, अधिकृत लम्सालले थप्नुभयो, ‘‘त्यसैले यो कार्यक्रमलाई वजारी क्षेत्रमा वढि फोकस गर्नेछौ ।” यस अभियानलाई सफल पार्न सम्वन्धित सवै नगरवासीको साथ आवश्यक रहने पनि उहाँले वताउनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: