
मोगादिसु, २५ माघ-
सोमालीयाको राजधानी मोगादिसुमा आइतबार साँझ भएको एक कारबम विस्फोटमा परी ११ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
मोगादिसुको उत्तरतर्फ रहेको एक सानो नगरमा सो विस्फोटन गराइएको थियो । त्यसमा परेर सडकमा हिँड्दै गरेका नौजना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । कसलाई लक्ष्य गरेर सो विस्फोट गराइएको थियो भन्ने बारेमा केही पनि जनाइएको छैन ।
सो विस्फोटपछि उक्त विस्फोटक कारमा रहेका दुईजना पनि मारिएका छन् । प्राप्त पछिल्लो एक समाचारमा सरकारी अधिकारीलाई लक्ष्य गरेर सो विस्फोट गराइएको अनुमान गरिएको छ । तर यस समाचारको पुष्टि हुन भने सकेको छैन ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि पनि यस प्रकारको आक्रमण अल कायदासँग आवद्ध अल सबाब आतङ्ककारी समूहले गराउँदै आएको हुनाले यस आक्रमणमा पनि यी समूहको हात रहेको प्रहरीले अनुमान गरेको छ ।
