सदस्यको मृत्यु भएपछि सृजनाले विकासद्धारा ३ सदस्यको कर्जा मिनाहा

Share:

पोखरा, २५ माघ-
सृजना विकास केन्द्रले तनहुँका तीन जना ऋणीको कर्जा मिनाहा गरेको छ । कर्जा लिएका महिला समुह सदस्यको मृत्यु भए पछि उनीहरुले लिएको सबै कर्जा मिनाहा गरिदिएको हो ।
तनहुँको भानु–१ भन्सारका विष्णुमाया कुमाल (४०), कमला सुनार (२४) र डोलकुमारी घर्ती (३६) ले केन्द्रको बैंकिङ्ग कार्यक्रमबाट लिएको ऋण मिनाहा गरिएको हो । ऋण लिएका तिनै जना महिला ऋणीको हालै मृत्यु भएको थियो । ऋणीको मृत्यु भएमा उनीहरुले लिएको ऋण मिनाहा गर्ने नीति बमोजिम तिनै जनालाई छुट दिएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत वीरबहादुर अधिकारीले बताए ।
उनका अनुसार कुमालले १ लाख ५० हजार ऋण लिएकोमा उनको १ लाख १३ हजार रुपैयाँ मिनाहा भएको र राहत रकम बापत रु १० हजार रुपैया प्रदान गरिएको छ । सुनारले लिएको १ लाख १० हजार ऋण मध्ये ९४ हजार ४ सय रुपैयाँ मिनाहा गरिएको र राहत रकम बापत रु ८ हजार रुपैया प्रदान गरिएको छ । त्यस्तै घर्तीले लिएको ६० हजार रुपैयाँ मध्ये ४५ हजार ९ सय रुपैयाँ मिनाहा गरिएको र राहत रकम बापत रु ५ हजार रुपैया प्रदान गरिएको अधिकारीले बताए । मृतकले संस्थालाई तिर्न बाँकी रहेको सबै ऋण मिनाहा गरिएको उनले बताए ।
त्यस्तै भानुकै एकजना सदस्यलाई उपचार सहयोग दिइएको थियो । महिला सदस्य राधादेवी अधिकारीलाई पाठेघरको शल्यक्रिया गर्न ५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो । त्यसै गरि भानु कै ऋणी मनमाया मगर लाई किरिया खर्च बापत ३५ सय रुपैयाँ दिइएको छ । मनमायाका पति सुर्यबहादुरको मृत्यु भएपछि किरिया खर्च दिइएको थियो ।
सहयोग हस्तान्तरण र ऋण मिनाहा कार्यक्रमका प्रमुख अतिथि भानु नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद वाग्लेले संस्थाले संचालन गरेको गतिविधि जनतामुखि रहेको बताए । समाजका लागि यस्ता सहयोगी कार्यक्रम आवश्यक रहेको उनले बताए । सामाजिक कार्यक्रममा सघाउन नगरपालिका कुनै पनि संस्थासँग सहकार्य गर्न तयार रहेको उनले बताए । संस्थाका सदस्यले उत्पादन गरेका कुनै पनि उत्पादनलाई बजारीकरण गर्नमा नगरपालिकाले सघाउने उनले बचन दिए । सो शोक सभामा स्थानीय समाजसेबी बिभिन्न सघं सस्थाका प्रतिनिधी तथा सस्थाका सदस्य गरी करिब ५०० जनाको उल्लासमय उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: