माओबादीहरुले मनाए जनयुद्ध दिबस

Share:

पोखरा, फागुन १,माधब पनेरु,
२०५२ साल फागुन १ गते देशमा आमुल पबिर्तनको नारा लिएर युद्धमा होमिएको दिन पारेर नेपालका माओबादीहरुले बिषेश दिनको रुपमा मनाउने गरेका छन ।
सोही अनुसार शनिबार पनि देशभर रहेका माओबादी कार्यकर्ता तथा शुभेच्छुकहरुले जनयुद्ध र यसको औचीत्यको बारेमा चर्चा, तथा शुभकामना आदानप्रदान, चियापान कार्यक्रमहरुको आयोजना गरी मनाएका छन । २१ बर्ष अगाडी आजकै माओबादी नेताहरुले तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष ४० बुदे राजनितिक मागहरु राखेर आन्दोलन सुरु गरेका थिए । तत्कालीन बिद्राहीको तर्फबाट डा. बाबुराम भट्टराईले सरकार समक्ष ४० बुदे माग राखेका थिए ।
माओबादीहरुले प्रहरी कार्यलय तथा बैकहरुमा हमला गर्दे बिजयी सुरुवात गर्दे गएका थिए । सुरुमा थोरै संख्यामा रहेका माओबादीहरुले पछिल्ला दिनहरुमा देशमा सबै स्थानहरुमा प्रभाव जमाएका थिए । तत्कालीन सात राजनितकि दलहरु र माओबादीको शशस्त युद्धको अघोषित राजनितिक संझौता पछि देशमा गणतन्त्रको उदय भएको थियो ।
कास्की जिल्लामा रहेका माओबादीहरुले पनि चियापान तथा अन्र्तकृया कार्यक्रमहरुको आयोजना गरी जनयुद्ध दिबस मनाएका छन । बिप्लव नेतृत्वको नेकपा माओबादीले पार्टी कार्यालय शिबालय चोकमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अन्य माओबादीका स्थानिय नेता तथा कार्यकर्ता,कास्की जिल्ला स्थत सरकारी कार्यालय तथा प्रसासनिक निकायका मानिसहरु सहभागि भएका थिए ।
एकिकृत माओबादीको सभा
पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकिकृत नेकपा माओबादीले भने पोखराको मानवअधिकार चोकमा जनसभाको आयोजना गरेको थियो । सभामा बोल्दै माओबादीका तमुवान ईन्चार्ज डिलाराम आचार्यले आफ्नो पार्टी अध्यक्ष प्रचण्डले यो संबिधानले दिन नसकेको बिषयलाई संबोधन गर्ने खालका नयाँ आन्दोलनको योजना र्निमाण गरिहरेको र फेरी पनि लड्न आफुहरु तयार रहेको बताए । अहिलेको धर्मनरपेक्षता,गणतन्त्र, संबिधानसभाबाट जनताको संबिधान र्निमाण, समावेशी र समानुपाितक बिषयहरु माओबादीको जनयुद्धको उपलब्धी भएको उनले सो अबसरमा बताए । यद्यपि सोचेजस्तो राजनितिक परिबर्तन भैनसकेकोले फेरीपनि माओबादीहरु एकैठाऊमा उभिएर नयाँ आन्दोलन गर्ने उनले बताए । फुट्नजान्नेहरु जुट्न पनि जानेका हुन्छन, आचार्यले भने ।
कार्यक्रममा अन्य स्थानिय नेताहरुले पनि संबोधन गरेका थिए ।
बैद्य नेतृत्वको क्रान्तिकारी ले गरेन खास कार्यक्रम
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओबादी कास्कीले भने खास कार्यक्रमको आयोजना नगरेको बैद्य माओबादीका कास्कीका स्थानिय कार्यकर्ता मणी न्यौपाने बताए । पार्टी कार्यालयमा उपलब्ध कार्यकर्ताहरु बिच सामान्य भेटघाट भने गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: