आरुघाट यातायात प्रालिले सेवा सुरु गरेपछि गोरखामा पनि ब्यबशायि बिच झडप

Share:

फागुन १, पोखरा,
यदुनाथ बन्जरा
पुराना यातायात ब्यबशायिहरुको जारी सिण्डकेट तोडदै आरुघाट यातायात प्रालिले बस सेवा सुरु गरेपछि गोरखा यातायात ब्यबशायि समिति र आरुघाट यातायात प्रालि बिच झडप भएको खबर प्राप्त भएको छ ।
गोरखाबाट स्रोतले दिएको जानकारी अनुसार बर्षो देखि एकाधिकार जमाउदै आएको गोरखा यातायात ब्यबशायि समितिले गुणस्तरीय सेवा नदिएको भन्दै स्थानिय ब्यबशायिले आरुघाट यातायात प्रालि दर्ता गरि बस सेवा सुरु गरे लगत्तै गोरखा यातायात ब्यबशायिहरुले आरुघाट बस सेवाका गाडीहरु तोडफोड गरेर क्षेति पु¥याएको बताईएको छ ।
नेपाल यातायात ब्यबशायि राष्ट्रिय महासघको सदस्य सस्थाको रुपमा रहेको गोरखा यातायातले उक्त भेगमा अरुलाई प्रबेश गर्न नदिने निति अनूरुप तोडफोड गरेको आरुघाट यातायात प्रा.लिका अध्यक्ष खड्क बहादुर घलेले बताए । स्वस्थ्य प्रतिपर्धा बाट डराएर तोडफोडमा उत्रिएको उनले बताए ।
बस तोडफोड गर्नेलाई गोरखा प्रहरीले क्षतिपुर्ति तिराएर हुलदंगा तथा तोडफोड नगर्ने कागज गराएर छोडिदिएको छ ।
आरुघाट यातायात प्रालिले पुराना बसहरु लाई बिस्थान गर्ने तयारीका साथ डिलक्स बसहरु सडकमा दौडाउन थालेपछि गोरखा यातायातले प्रतिष्पर्धा गर्न बाट डराएको आरुघाटका अध्यक्ष घलेले बताए । प्रालिले हाल दुई सापटे टाटा बस आरुघाट काठमान्डौ, भच्चेक काठमान्डौ, बारपाक काठमान्डौ, देउराली काठमान्डौ र भच्चेक गोरखामा आफ्नो सेवा सुरु गरेको छ । नयाँ सुबिधा सम्पन्न बस भएपनि पुराना बस भन्दा कम भाँडादरमा गाडी गुडाउने उनिहरुको भनाई छ ।
पोखरामा पनि बिन्धबासिनी बस सेवा सुरु गरेपछि पुराना यातायात ब्यबशायिहरुले बिरोध गर्दे आएका छन । बिरोधका बिचमा आईतबार बाट बिन्धबासिनी बसले सेवा सुरु गर्ने बताईएको छ । यातायात ब्यबस्थापन अञ्चल समितिको बैठक पनि फागुन २ गते आईतबार सोही बिबादलाई लिएर बैठक बोलाईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: