सेभेन ए साडड फुटबलमा विजेतालाई १ लाख

Share:

पोखरा, १ फागुन-
बैदाम युवा क्लबले फागुन ७ देखि १४ सम्म पोखरामा ‘दीपेश मेमोरियल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता’ आयोजना गर्दैछ । प्रतियोगिताबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष बिमल न्यौपानेले प्रतियोगितामा करिब ४५ टिम सहभागी हुने बताए ।
उनका अनुसार विजेताले १ लाख, उपविजेताले ४५ हजार साथमा ट्रफी, मेडल पाउनेछन् ।
बाराहीघाट खेलमैदानमा हुने प्रतियोगितामा १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत रकम लेकसाइड डिहिकोपाटनमा दीपेश टन्डनको स्मृतिमा पार्क स्थापनार्थ कोष खडा गरिने प्रतियोगिता संयोजक विकास थापाले बताए ।
क्लब सदस्य दिपेशको गत असोजमा १७ वर्षको उमेरमा असामयिक निधन भएको थियो । क्लबले यसअघि २०६८ र ६९ मा सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । लेकसाइडस्थित लेकसाइड क्लब र बैदाम युवा क्लब आपसमा गाभिएर बैदाम युवा क्लब बनेको हो ।
‘समाजप्रति युवाहरुको उत्तरदायित्व र युवाहरु आजको आवश्यकतामात्र नभै साझेदार पनि हुन्’ भन्ने नाराका साथ क्लबले विभिन्न सामाजिक क्रियाकलाप गर्दैआएको सचिव निर्मल पहारीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: