स्थानीय निकाय निर्वाचनमा सरकारको जोड

192
0
Share:

हेटौँडा, २ फागुन-
सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टले सरकार र जनताको बीचमा समन्वयकारी भूमिका निर्वाह गर्ने स्थानीय निकायको निर्वाचन गरेर जवाफदेही बनाउन सरकार कटिबद्ध रहेको बताएका छन् ।
उनले राप्रपा नेपाल मकवानपुरद्वारा मकवानपुरको इपापञ्चकन्या गाविसमा आयोजित पार्टीको कार्यकर्ता भेलाको उद्घाटन गर्दै जिविसले स्थानीय निकायको योजना तर्जुमा गर्दा जिल्लाको भौगोलिक अवस्था र जनतालाई दिगो लाभ पुग्ने योजनालाई छनोट गर्नुपर्नेमा जोड दिए ।
राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौला र सांसद गणेश थापाले संविधानले सबै नेपालीको बृहत् हितको निम्ति विभिन्न मौलिक हक र अधिकार संरक्षण गरेको उल्लेख गरे ।
सहायकमन्त्री विष्टले इपापञ्चकन्या गाविसका २५० जना भूकम्पपीडित परिवारलाई काठमाडौँका समाजसेवी केशव अधिकारी र गणेश रेग्मीले प्रदान गरेका न्यानो कपडा, कम्बर, स्विटरलगायत अन्य कपडा वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: