भारतको काश्मिरमा गोली हानाहान हुँदा ७ जनाको मृत्यु

288
0
Share:

भारत, २ फागुन-
भारत प्रशासित काश्मिरमा शनिबार भएको गोली हानाहानबाट पाँच जना शङ्कास्पद विद्रोहीको मृत्यु भएको एक सैनिक अधिकारीले बताएका छन् ।

झडपमा दुई जना सैनिकले सहादत प्राप्त गरेको सैनिक प्रवक्ता एस. डी. गोश्वामीले बताउनुभएको छ ।

भारत र पाकिस्तानको सीमा इलाकामा गएको हप्ता पनि आठ जना विद्रोही सैनिक कारबाहीका क्रममा मारिएका थिए ।

काश्मिरमा सन् १९८९ देखि हालसम्म सुरक्षाकर्मी, विद्रोही र सामान्य नागरिक गरी करिब १० हजार मानिसको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: