युवा संघ नेपाल कास्की क्षेत्र नं १ मा तिमिल्सिना

Share:

लेखनाथ, २ फागुन-
युवा संघ नेपाल कास्की क्षेत्र नं १को तेस्रो क्षेत्रिय सम्मेलनले आगामी कार्यकालका लागि रामचन्द्र तिमिल्सिनाको अध्यक्षतामा २५सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
अध्यक्ष पदका लागि सम्मेलन आयोजक समितिका सचिव राजु अधिकारीले उमेदवारी दिने चर्चा चलेपनि अन्तिममा सहमतिका आधारमा बर्तमान कोषध्यक्ष तिमिल्सिना सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन भएका हुन्।
नव गठित समितिको उपाध्यक्षमा प्रबिन सुनार,सचिवमा रामराज अधिकारी, सह सचिवमा टोपबहादुर श्रेष्ठ र कोषाध्यक्षमा डिलबहादुर क्षेत्री रहेका छन भने समितिको सदस्यहरुमा पदमराज पौडेल, शेरकाजी गुरुङ, टिकाराम गुरुङ, प्रकाश सापकोटा, रेशम थापा,विमल रानाभाट,रञ्ति गुरुङ, महेश अधिकारी, सुनिल गुरुङ,खेम गुरुङ, केशबहादुर गुरुङ,कुमार बहादुर क्षेत्रि नृपेस अधिकारी, राजन ढुगाना, धु्रव थापा, गोविन्द कँडेल, सुदिप परियार, धनबहादुर गुरुङ र सरोज भटराई रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गदै पुर्व स्वाथ्य मन्त्रि खगराज अधिकारीले देश विकासका लागि युवाहरुले नेतृत्वदाई भुमिका निभाउनु पर्नेमा जोड दिदै युवाहरुले राजनितीक रुपान्तरण सगै आर्थीक रुपान्तरणको बाटोलाई अगाल्नु पर्ने धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: