प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारमै केन्द्रीत हुनुपर्ने

216
0
Share:

काठमाडौं, फागुन २-
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण दीर्घकालिन योजनाभन्दा चिसिएको सम्बन्ध सुधारमै केन्द्रीत हुनुपर्नेमा परराष्ट्रविद्हरुले जोड दिएका छन् ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा अमेरिकाका लागि पूर्व राजदूत शंकर शर्माले भ्रमणमा भारतले लगाएको नाकाबन्दीको कुरा निकालेर वातावरण बिगार्नुभन्दा भूकम्पको समयमा गरेको सहयोगको चर्चा गरेर सौहार्द्रपूर्ण वातावरण बनाउनु उचित हुने सुझाव दिए । भ्रमणमा भारतको आर्थिक बृद्धिबाट नेपालले फाइदा लिने विषयमा जोड दिन उनको सुझाव थियो ।
परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले भारतलाई जसरी अमेरिकालगायतका शक्ति राष्ट्रले आफूमाथि प्रभुत्व जमाएको मनपर्दैन, त्यसैगरी सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र नेपालमाथि प्रभाव जमाउनु हुँदैन भन्ने महशूस गराउनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: