ईच्छा र सुशिलको जोडि ‘प्रेमगीत बेस्ट भ्यालेन्टाईन कपल’

Share:

रेम बिक  पोखरा, २ फागुन । ‘प्रेमगीत बेस्ट भ्यालेन्टाईन कपल’ अन्तरगत ईच्छा कोईराला र सुशिल पहारीको जोडी सर्वोत्कृष्ट बनेको छ । भ्यालेन्टाईनको अवसर पारेर विग एफएमले छानेको १० जोडीमध्ये उनीहरुको जोडी सर्वोत्कृष्ट घोषित भएको हो । सर्वोत्कृष्ट जोडि भएसँगै उनीहरुले नगद २० हजार रुपैयाँ सहित भ्यालेन्टाईन स्पेशल गिफ्ट ह्याम्पर प्राप्त गरे ।

युवा ज्योतिष हरिहर अधिकारीले ज्योतिष शास्त्र अनुसार ईच्छा र सुशिलको जोडिलाई सर्वोत्कृष्ट जोडिको रुपमा घोषणा गरेका हुन् । ‘ज्योतिषशास्त्रअनुसार उत्कृष्ट १० जोडि मध्ये सबैभन्दा बढि लभ केमेस्ट्रि मिलेको उहाँहरुको जोडि देखियो । र, सोहि अनुसार उहाँहरुलाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।’ ज्योतिष हरिहर अधिकारीले बताए ।

फेब्रुअरी ४ बाट विग एफएममा शुरु भएको ‘बेस्ट भ्यालेन्टाईन कपल’ अन्तरगत १० दिनसम्म हरेक दिन एउटा उत्कृष्ट जोडि छनौट गरिएको एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । उत्कृष्ट हुने ९ जोडिहरुमा सरोज थापा÷शशि गुरुङ, अशिष श्रेष्ठ÷सुमिना श्रेष्ठ, सुनील पुन÷कल्पना मगर, लल्लु लुंगेली÷मुना, शर्मिला राना÷सुदिप गुरुङ, दिपा गुरुङ÷अभिशेक गुरुङ, सागर गुरुङ÷सरु गुरुङ, मिना÷समिर र शर्मिला÷सुमन गुरुङको जोडि रहेको छ । उत्कृष्ट हुने जोडिहरुले नगद २ हजार रुपैयाँ र भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गर्ने एफएमले जनाएको छ ।

विग एफएमले एसएमएसमार्फत भ्यालेन्टाईन स्पेशल गेम शो मा सहभागिता हुने व्यवस्था मिलाएको थियो । लक्की ड्र मार्फत हरेक दिन एक जना जोडि उत्कृष्ट छनौट गरिएको थियो ।

यो पटकको ‘बेस्ट भ्यालेन्टाईन कपल’ रेडियो गेम शो लाई नेपाली फिल्म ‘प्रेमगीत’ले व्यवसायिक साथ दिएको थियो । प्रणय दिवस अर्थात भ्यालेन्टाईन डे लाई लक्षित गर्दै माघ २९ देखि प्रदर्शनमा आएको फिल्मले उत्कृष्ट १० जोडिलाई निशुल्क फिल्म अवलोकको व्यवस्था समेत गरेको थियो ।

यो कार्यक्रमको प्रायोजन गरेको फिल्म ‘प्रेमगीत’ सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म हो । यो फिल्ममा प्रदिप खड्का, पुजा शर्मा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मको गीत ‘म यस्तो गीत गाउँछु’ यतिबेला निकै हिट पनि भैरहेको छ । फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका हुन् । फिल्म पोखराको श्रीकृष्ण हलमा प्रदर्शन भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: