
काठमाडौं, ३ माघ-
नेपाली काँग्रेसले स्थगित जिल्ला अधिवेशनहरु आज गर्दैछ । पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि रोकिएका जिल्लाहरुको अधिवेशन आज हुन लागेको हो ।
विवादका कारण रोकिएको तराई–मधेसका ८ जिल्लामा आज अधिवेशन हुँदैछ भने केही हिमाली जिल्लामा पनि आजै अधिवेशन हुने काँग्रेसले जनाएको छ ।
काँग्रेसले रोकिएका स्थानीय अधिवेशन जतिसक्दो चाँडो सम्पन्न गर्न सम्बन्धित जिल्लाहरुलाई निर्देशन समेत गरेको छ । बाँकी जिल्लामा फागुन १० गतेभित्र अधिवेशन सकेर केन्द्रीय अधिवेशनको तयारीमा खटिन काँग्रेलिे कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
