को होला यो सिजनको ‘विग आइकन’ ?

Share:

रेम बिक
पोखरा, ४ फागुन ।

हेर्दा एकै छिमलका देखिन्छन् छैठौँ विग आइकनका फाईनल प्रतिस्पर्धीहरु । चितवनका साजन आले, बागलुङकी अम्बिका पुन, गोरखाकी अनु गुरुङ र पोखरा सृजनाचोककी सृष्टि गुरुङ । र, यीनीहरुको लक्ष्य एउटै हो ‘विग आइकन’ बन्ने ।

फरक ठाऊँ, परिवेश र पृष्ठभुमीबाट आएका यी चारैजना एक अर्कामा अहिले निकै राम्रोसँग परिचित छन् । ‘विग आइकन’को मञ्चमा आएसँगै यीनीहरु साथी बनेका हुन् । साथी हुनुसँगै उनीहरु एक अर्काका प्रतिस्पर्धी पनि हुन् । र, जित हात पार्न सबैले आ–आफ्नै योजनाहरु बनाएका छन् ।

ग्राण्ड फिनालेका लागि तीन जना युवतीहरुमाझ एउटा मात्रै युवा प्रतिस्पर्धी हुन्, साजन आले । चितवनको पटिहानीबाट फेसबुकमार्फत विग आइकनको बारेमा चाल पाएर प्रतियोगितामा भाग लिन आएका आले फाईनलसम्म आईपुग्दा मख्ख छन् । स्थानियस्तरमा हुने ईभेन्टहरुमा पनि आफ्नो गायकी प्रस्तुत गरेर केहि प्रसिद्धि कमाईसकेका आलेलाई जिताउने मुख्य आधार नै चितवन पटिहानी आसपासका जनता हुन् । र, आले यतिबेला त्यहिँ वरपर आफ्नो लागि भोट जम्मा गर्न लागिपरेका छन् ।

big icon (2)

गायनको हिसाबले निर्णायकबाट पनि खुब प्रशंसा पाउँदै आएका साजन आफ्नो लागि बलियो प्रतिद्वन्दीको रुपमा सृजनाचोककी सृष्टि गुरुङलाई मान्छन् । उसो त संगीतको औपचारिक शिक्षा नलिएकी सृष्टिले स्थानिय चर्चको साँगीतिक झुण्डमा रहेर गीत गाउँदै आएकी छन् । र, यहि कुराले उनलाई विग आइकनको मञ्चमा अब्बल साबित गरिदियो । उनी पनि निर्णायकबाट प्रशंसा पाईरहने प्रतिस्पर्धी हुन् । ‘सृष्टिको स्वर फरक अनि आकर्षक खालको पनि छ ।’ आले पनि उनको स्वरबाट प्रभावित छन् । सृष्टिका लागि पनि प्रतियोगितामा सबैभन्दा ठुलो ‘थ्रेट’ भनेका उनै साजन आले हुन् ।

सानैदेखि नेपाली पप र अँग्रेजी गीतहरु रुचाउने सृष्टि बीचमा आफ्नै पाराले मन परेका गीतको कभर गर्दै यूट्युबमा अपलोड गर्ने गर्थिन् विग आइकनमा भाग लिनुभन्दा अगाडि । तत्कालिन समयमा यूट्युबमा उनलाई दर्शक र स्रोताले राम्रै प्रतिक्रिया दिन्थे । र, त्यहि यूट्युब जमात सृष्टिको लागि यतिबेला राम्रो सहयोगी बनेको छ । यतिले मात्रै सृष्टि सन्तुष्ट भने छैनन् । अरु प्रतिस्पर्धी भन्दा धेरै भोट ल्याउनका लागि उनले पोखरामै ‘भोटिङ क्याम्पेन’ चलाईरहेकी छन् । पोस्टर, पम्प्लेटसँगै चोक चोकमा साँगीतिक प्रस्तुती राख्न उनी तम्सिएकी छन् । सृष्टिको परिवार, चर्च, कलेज र साथीभाईले यो कुरामा उनलाई साथ दिएका छन् ।

big icon (4)

अनु गुरुङ पनि के कम ? उनी पनि तयारीलाई तिव्रता दिईरहेकी छन् । खासगरि सुगम संगीतमा बढि चाख राख्ने अनुको गायकी पनि यस्तै खाले गीतहरुमा अब्बल छ । निर्णायकले उनलाई पनि निरन्तर प्रशंसा गरिराखेका हुन्छन् । विग आइकन शुरु भएसँगै त्रिवेणी संगीतालयमा संगीत गुरु नवराज बरालसँग सारेगम सिक्न शुरु गरेकी उनले पहिलोपटक यस्तो खाले रियालिटि शोमा सहभभागिता जनाएकी हुन् । फाईनलसम्म आईपुगेको उनको यात्रालाई लिएर उनका संगीत गुरु पनि खुब मख्ख छन् । विजेता बन्नका लागि उनको दौडधुप पनि कम छैन । आफ्नो लागि भोट बढि आउने माहौल तयार गर्न उनी गोरखातर्फ जाँदैछिन् । त्यहाँको एउटा संगीत समुहले उनको लागि क्याम्पेन चलाईरहेको छ ।

big icon (3)

यता बागलुङकी अम्बिका पुनको चटारो पनि कम त कहाँ छ र ? यहिँको एउटा दोहोरी साँझमा समेत गीत गाउँदै आएकी पुनका लागि त्यहि संस्थाले ‘क्याम्पेन’ चलाईरहेको छ । त्यसैगरि उनका साथीभाई र केहि अग्रज दाईहरुले राम्रै सपोर्ट गरिरहेको उनी बताउँछिन् । ‘सबैजनाले गरेको फेयर सपोर्ट देख्दा यो पटकको आइकन म नै हुँ जस्तो लाग्छ । तर अरु प्रतिस्पर्धी पनि बलिया भएकोले डर भने लागिरहेको छ ।’ अनुले भनिन् ।

(30)Ambika Pun{BIG(Space)AP send it to 4321}

यी चारै जना प्रतिस्पर्धी यतिबेला चुनावी मैदानमा भेटिने ‘नेताज्यू’ जस्तै लाग्छन् । चिनेका, नचिनेका सबैजनालाई उनीहरुले भोट गर्नका लागि भनिरहेका हुन्छन् । त्यो सँगै सामाजिक संजालमा समेत उनीहरुलाई आफ्नै लागि भोट आह्वान गर्न भ्याईनभ्याई छ । सबैजनाले आफ्नो खुबिले भ्याएसम्मको बल त लगाईरहेकै छन् । तर विग आइकन बन्ने एक जना मात्रै हो । र, यो सिजनको विग आइकन चार जना मध्ये को होलान ? भन्ने कुरा फागुन १४ को दिनले देखाउनेछ । ग्राण्ड फिनालेको लागि तयारी तिव्र पारिएको आयोजक विग एफएमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: