
काठमाडौं, फागुन ४-
व्यवस्थापिका संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठक पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
सिंहदरबारमा आज बसेको बैठकमा समतिको समेत सदस्य रहेका स्वर्गीय कोइरालाको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
कमेन्ट गर्नुहोस्
