लेकसाइडमा दिपेश टण्डनको स्मृतीमा सेभेन ए साइड फुटवल हुने

Share:

पोखरा, ४ फागुन-
बैदाम क्लवले आफ्ना क्रियाशिल सदस्य स्व. दिपेश टण्डनको स्मृतीमा अन्तर क्लव सेभेन ए साइड फुटवल प्रतियोतिगा आयोजना गर्ने भएको छ । लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा हुने सो प्रतियोगिताको विजेताले नगद रु १ लाख सहित शिल्ड मेडल तथा उपविजेताले नगद ४५ हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्ने क्लवले जनाएको छ ।
यहि ७ गते देखि १४ गते सम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न विमल न्यौपाने अध्यक्ष एवं विकास थापा संयोजक रहेको मुल आयोजक समिति गठन गरेको छ । प्रतियोगितामा पोखराका विभिन्न ४० टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: