आजदेखि १२ औं लेखनाथ महोत्सव

Share:

लेखनाथ, ५ फागुन।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ १२ औं लेखनाथ महोत्सव बुधवारदेखि सुरु हुदैछ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा स्थानीय सामाजीक संघ सस्थाको सहकार्यमा कास्कीको लेखनाथ नगरपालिका वडा नं १ भण्डारढिक स्थित प्रस्तावित रंगशालामा महोत्सव सञ्चालन हुन लागेको हो ।
फागुन ५ गतेदेखि १६ गतेसम्म चल्ने १२ औं लेखनाथ महोत्सवको उद्घाटन नेपाल सरकारका सुचना तथा संचारमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय गरिएको महोत्सवका मुल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए ।
महोत्सवको तयारीका लागि सम्पुर्ण कार्यहरु सम्पन्न गरि महोत्सव स्थललाई रंगीचङ्गि बनाएर सजाईएको छ । महोत्सवमा रहेन तीन सय स्टलहरुमा व्यवसायी प्रतिष्ठानहरुले सामानहरु राखेर दर्शकको पर्खाइमा रहेका छन् ।
समग्र पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने विश्वास उद्देश्यले राखिएको महोत्सवको उद्घाटन सत्रमा लेखनाथ नगर क्षेत्र भित्र रहेका सामाजिक संघ संस्था तथा जात जातिहरुको सांस्कृतिक झाँकी ¥याली निकालिनेछ ।
महोत्सवमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, रेष्टुरेण्ट लगायतका स्टलहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: